नेपाली काँग्रेसकाे महोत्तरी जिल्ला अधिवेशन २० गते हुँदैछ । जिल्ला सभापतिमा बजरंग नेपाली, नागेश्वर यादव र सुशील यादव बीच त्रिकोणात्मक प्रतिष्पर्धा रहेको छ। यसै सन्दर्भमा शिरीष न्युज डटकमले परसेप्सन सर्भेका आधारमा तयार पारिएको सामग्रीमा कुन उम्मेदवारको अवस्था कस्तो रहेको छ हेरौं ।
क्षेत्र नम्बर १ः जिल्ला सभापतिको दौडमा क्षेत्र नं. १ बाट उमेदवार देखिको छैन् । र अब हुने सम्भावना पनि छैन् । क्षेत्र नम्बर १ को राजनीनिती बर्दिबासले तय गर्छ भनी बिभिन्न समयमा प्रमाणि हुँदै आएको छ । जिल्ला सभापतिका प्रत्याशीहरु बजरंग नेपाली, नागेश्वर यादव र सुशील यादव रहेका छन् ।
बर्दिबासमा मधेशीको उपस्थिती जती रहेपनि गैर मधेशी बाहुल्य क्षेत्रको रुपमा बर्दिबास परिचित छ । बिगत दुई दशक देखि नेपाली काँग्रेस भित्रका एउटा खास जातको बर्चस्वको अनुभव छ, बर्दिबास सँग । क्षेत्र नं.१ का सामान्य काँगे्रसी कार्यकर्ताहरुमा परिवर्तनको ठुलो चाहना छ । र त्यो चाहना पुरा हुने सम्भावना बर्दिबासले बजरंगको जितबाट मात्र सम्भव हुन्छ भनी बोध गरीसकेका छन् । बर्दिबासबाट काँगे्रसको भविष्य निर्माण गर्ने चाहना राख्ने काँग्रेसीजनको प्रथम रोजाईमा बजरंग पर्न सफल भएको बुझिन्छ । नागेश्वर यादव र सुशील यादवको पनि सिमीत संख्यामा मत रहेको छ । अहिले सम्मको इतिहासमा क्षेत्र नं. १ बाट सिताराम भण्डारी मात्र सभापति बन्न सफल भएका छन् । र उक्त कार्यकालमा बजरंग नेपाली जिला सचिबमा निर्वाचित भएका थिए । वर्तमान अवस्थामा सिताराम भण्डारी जस्ता अनुभवी नेता देखि युवा पुस्ताका प्रहलाद क्षेत्री जस्ता जुझारु नेताहरुको आत्मीयता बजरंग सँगै रहेको छ ।
क्षेत्र नम्बर २ः क्षेत्र नं २ बाट दुई जना प्रत्याशीहरु छन्, नागेश्वर यादव र सुशिल यादव । सुशिल यादवको चर्चा गर्नसाथ उक्त क्षेत्रमा उनकै समुहमा अधिकतम मतदाताहरु आक्रोशित भैरहेको अवस्था छ । जसको कारण छ जिलाका पूर्व सभापति महेन्द्र कुमार राई । सम्भवतः समयोग नै होला दुबै नेताहरुको व्यक्तिगत नाता रहेको छ । अर्थात, प्रत्याशी सुशिल यादव वर्तमान केन्द्रिय सदस्य महेन्द्र कुमारजीको सालो हुनुहुुन्छ । सुशीलजी आफ्नो गाडीमा महेन्द्र कुमारजीसँग क्षेत्र भ्रमणमा निस्कँदा काँगे्रसका क्याडरहरुको अनुहारमा रत्तीभर उत्साह हुँदैन । सुशील लाई मत दिनु भनेको पूणः पार्टीमा पुरानै शक्तिलाई जानीबुझी बिराजमान गराउनु सरह होला भनी बुझेका छन् । शिक्षक पेशाबाट केही वर्ष पहिला मात्र काँग्रेस पार्टीको राजनीतिमा सक्रिय भएको कारण पनि जीवन नै राजनीतिमा होमिएका कार्यकर्ताहरुले आफनो लगानीको कदर भएन भनी दुखेशो पोख्दै हिँडेको देखिन्छ ।
नागेश्वर यादवको आधार थलो पनि क्षेत्र नं २ नै रहेको छ । तर पछिल्लो क्षेत्रिय महाधिवेशनमा भएको राजनीतिक उथलपुथलका कारण क्षेत्रमा मतदाताको मनोविज्ञानमा फरक ढंगले असर गरेको छ । क्षेत्र नं. २ मा रहेको कुल मत लाई केबल बल्बा नगरपालिकाले चाहेको जस्तो निर्देशन दिएर किंग मेकर बन्न सक्दैन । लोहरपटी नगरपालिका मा एउटा निर्णायक समुह छ जसको भित्री इच्छा रहेको छ पार्टी भित्र रुपान्तरण । गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवा महामन्त्रीसँगै आफ्नो राजनीतिक भविष्य चम्किलो बनाउन चाह्ने ‘युवा रुझान’को सहयोग बजरंग नेपाली सँग नै रहेको छ । आफ्नो जन्मथलो को हिसाबले नागेश्वर यादवजीको पनि सम्मानजनक स्थान छ ।
क्षेत्र नम्बर ३ क्षेत्र नं. ३ मा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन भर्खर सम्पन्न भएको छ । उक्त अधिवेशनले देखाएको परिणाम लाई केबल अंकगणितीय चस्माले हेरेर साध्य छैन् ।
३ नम्बरको क्षेत्रिय अधिवेशनमा क्षेत्रिय सभापतिमा दुईजना प्रतिशपर्धी थिए । पहिलो दुई कार्यकाल क्षेत्रिय सभापति चलाएको राघबेन्द्र झा । दोस्रो, युवा नेता लभराजा सिंह । क्षेत्रिय कार्यसमितिमा राघबेन्द्र झाको प्यानलले जित हासिल गर्यो । झट हेर्दा, राघबेन्द्र झाको समुह बलियो देखिन सक्छ । तर त्यो दृष्भ्रिम हुनेमा दुइमत छैन् । त्यो कसरी भने लभराजा सिंह प्रत्यासी रहेको समुह मा महाधिवेशन प्रतिनिधी मा बजरंग नेपाली लगायत जिलामा कद भएका नेताहरु समेत सक्रिय हुनुहुन्थ्यो । तर उक्त समुहमा बजरंग नेपाली जसरी पनि जित्नैपर्छ भनी दृढता थियो । कारण थियो, बजरंग नेपाली जसरी पनि जिला सभापतिमा लड्न पाउनुपर्छ ।
महोत्तरीको पुर्व र पश्चिम भूगोल लाई प्रतिनिधित्व गर्ने कथित सिनियर नेताहरुले मतदाताहरुमा अघोषित लगाम कस्दा समेत बजरंग नेपाली लाई महाधिवेशन प्रतिनिधिमा विजय हुनबाट रोक्न सकेनन् । यसले बजरंग प्रतिको सदभाव क्षेत्र ३ का डेलीगेटले देखाइदिएको छ ।
बजरंगलाई क्षेत्र नं ३ का मतदाताले विजय बनाएर दिन खोजेको संदेशलाई गहनताका साथ बुझ्नुपर्ने आवश्यकता छ । बिपक्षीहरुको नकारात्मक सोँच थियो की बजरंग नेपाली महाधिवेशन प्रतिनिधि मा निर्वाचित हुँदो हो भने आउँदो जिला अधिवेशनमा बजरंग सभापतिको विजयी उमेदवार हुनसक्छ । ज्ञातव्य छ, जिला अधिवेशन भन्दा पहिला क्षेत्रिय अधिवेशन हुनुपर्छ भनी मागका साथ बजरंग नेपाली भुख हडतालमा बस्नु परेको थियो । लोकतान्त्रीक पद्धती प्रति दृढ संकल्पीत बजरंग प्रति क्षेत्र नं. ३ का स्वतन्त्र र निश्पक्ष काँगे्रसी डेलीगेटहरुले यस क्षेत्रको भविष्य बजरंगकै हातमा जाँदा उचित होला भने सन्देश पनि प्रवाहित भएको छ ।
नागेश्वर लाई सभापति बनाउन ‘कसम खाएको समुह’को दबाबको बाबजुद बजरंगको आउँदो भविष्यलाई दृष्टीगत गरी बजरंग नेपाली लाई मत दिने डेलिगेटहरु सचेत भएर मतदान गर्ने निश्चितप्रायः छ । ‘बजरंग जिताउ अभियान’मा लागेका आम काँगे्रसीहरुको मिहनेतको ग्राफ माथि छ ।
बिभिन्न जातजातीबाट सुशिल यादव क्षेत्र नं. ३ मा मुठ्ठीभर डेलिगेटमा संतुष्ट हुनुपर्ने अवस्था छ । क्षेत्र नं. ३ को जलेश्वर, मटिहानी, एकडारा, पिपरा पालिकाहरुमा ‘बजरंग नेपाली’ नै सभापति भन्ने अभियान नै चलाएको देखिन्छ । दश वर्षको कलिलो उमेर देखि प्रजातन्त्रको लडाईमा होमिएका बजरंग अहिले सम्म जिला सभापति बन्न नसक्नु भनेको निष्ठापुर्वक राजनीति गर्नेहरुको कदर भएन भनी आक्रोश छ । क्षेत्र नं. ३ बाट बिगत २५ वर्षमा कोही पनि जिला सभापति हुन नसकेको पीडाबोध यस क्षेत्रका आम काँगे्रसी कार्यकर्ताहरुमा रहेको छ । र यो एउटा ठूलो मनोवैज्ञानिक कारण हो जसले बजरंग जस्तो उर्जावान र इमान्दार छबीलाई आफ्नो ब्यालेट अर्पण गर्ने प्रचुर सम्भावना छ । क्षेत्र नं. ३ मा बजरंगको ग्राफ धेरै माथि रह्ने आमविश्वास छ ।
क्षेत्र नं. ४ क्षेत्र नं. ४ मा नेपाली काँग्रेस भित्र बिचित्र किसीमको उहापोहको अवस्था छ । २० वर्ष देखि महेन्द्र कुमार राई सभापतिको भूमिका मा बस्नुभयो । महेन्द्र कुमारजीको बिचित्र किसीमको इतिहास छ । बिस वर्षे सभापतित्वकालमा महेन्द्रजी ‘केबल एकपटक’ आम निर्वाचन जित्नु भयो ।
पार्टीको हरिबिजोग देख्न लायक थियो उनको कार्यकाल भरी । अधिवेशनमा गणितीय समिकरणका सकल सिपाहीका रुपमा परिचीत महेन्द्रजीको एकक्षत्र प्रभावमा त्यहाँका काँग्रेसी बस्न बाध्य थिए । क्षेत्र नं.४ मा महेन्द्रजीको एकल बर्चस्वको कारण काँगे्रसी क्याडरहरु राजनीतिकरुपमा आक्रान्त छन् । विधानले महेन्द्र कुमारजी १४औँ महाधिवेशनमा जिला सभापतिको पदमा लड्न नपाउने अवस्थाको कारण उनि केन्द्रिय सदस्य लडने मनस्थितीमा पुगे । लडे र जिते पनि । तर क्षेत्र नं. ४ मा जिला सभापतिका महत्वकांक्षा पालेर बसेका नेपाली काँग्रेसको लागि त्यागी कार्यकर्तामाथि कुठाराघारत तब भयो जब महेन्द्रजी ले शिक्षक को पदबाट ४ वर्ष पहिला राजीनामा हठात रुपमा सक्रियता बढाए । राजनीतिमा आएका सुशिल यादव लाई जिला सभापतिको दौडमा अगाडी सारे । जीवनभर राजनीति गर्नेहरुको भविष्य महेन्द्रजीले आफ्नो सालोको भविष्य उज्जवल बनाउने निणर्यले सुशिल यादव प्रति नकारात्मक अवधारणा सृजना गरिदीएको छ ।
क्षेत्र नं. ४ मा एउटा प्रस्ट बुझाई के छ भने सुशिल यादवलाई मत दिनु भनेको फेरी महेन्द्र कुमारलाई विजय बनाउनु हो । फेरी दुई दशक उनकै कब्जामा क्षेत्र नं. ४ का काँग्रेसी बाध्य हुने छैन्न । परिवर्तनको चाहना राख्ने काँगे्रसीहरु नयाँ सिराबाट सोँची रहेको पाइएको छ ।
अर्थात क्षेत्र नं. ४ को मतदाता महेन्द्र कुमारजीको एकाधिकारबाट छुटकारा पाउन आफ्नो मत रुपान्तरणकारी उमेदवारलाई दिने निश्चित छ । र रुपमान्तरणकारी राजनीतिक अनुहारका रुपमा एक नम्बरमा बजरंग नेपाली नै पर्छन । मनरा सिशवा नगरपालिका पार्टीभित्र आमुल परिवर्तनको पक्षमा देखिन्छन् ।
यद्यपी क्षेत्र नं. ४ मा महेन्द्रजीको रापतापका कारण नागेश्वर यादव र सुशिल यादव बीच कडा प्रतिशपर्धा हुनेमा कुनै दुईमत छैन्। त्यसैगरि उक्त क्षेत्रमा बजरंग नेपाली प्रति आत्मीय सदभाव राख्नेहरुको संख्या पनि उच्च नै छ ।




