जनकपुरधाम – नेपाली काँग्रेसको महोतरी सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला सभापति पदमा बुधबार नागेश्वर यादव, बजरंग नेपाली र सुशिल यादवले उम्मेदवारी दर्ता गराएका छन् । महोतरी सभापतिका तीन उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएपनि पहिलो चरणमै मत परिणम आउने आंकलन गरिएको छ ।
सभापति पदका दुई उम्मेदवारको कमजोर अवस्थाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा पक्षको जिल्ला सभापति पदका उम्मेदवार नागेश्वर यादव पहिलो चरणमै निर्वाचित हुने सम्भावना बढेको छ । नगेश्वरको पक्षमा ३ जना क्षेत्रिय सभापति, जिल्लाको ४ मध्ये ३ केन्द्रिय सदस्य र शेखर कोइराला पक्षका नेताहरु साथ दिएपछि अन्य दुई उम्मेदवारको तुल्नामा नागेश्वरकाे अवस्था बलियो देखिएको छ ।



यादवलाई महोतरीको ४ निर्वाचन क्षेत्र मध्ये ३ क्षेत्रिय सभापति महेश झा, राजकरण साह र राघवेन्द्र झाको साथले बलियो बनाएको छ । महोतरीमा चार केन्द्रिय सदस्य मध्ये कल्याण गुरुङ्ग, नगिना यादव र प्रदेश सांसद समेत रहेकी केन्द्रिय सदस्य मंजु यादवले नागेश्वरलाई नै साथ दिएको छ । यादवालाई शेखर कोइला पक्षका रामचन्द्र तिवारी, पुर्व केन्द्रिय सदस्य किरण यादवले समेत साथ दिएका छन् ।
महोतरीमा काग्रेसबाट निर्वाचित ३ मेयर मध्ये लोहारपट्टीका मेयर शैलेन्द्र यादव र बलवाका मेयर विनोद यादवले समेत जिल्ला सभापतिमा नागेश्वरलाई साथ दिंदा पहिलो चरणमै नागेश्वर निर्वाचित हुने सम्भावना उच्च रहेको एक नेताले बताए ।
शिक्षक राजनीतिबाट आएका सुशिल यादव शिक्षक सरुवामा गरेको आर्थिक चलखेल र नया अनुहारका कारण सभापति पदको निर्वाचनमा अन्य उम्मेदवार भन्दा उनि कमजोर अवस्थामा छन् । क्षेत्रिय अधिवेशनमै बल्ल तल्ल जित्न सफल बजरंग नेपालीलाई सभापति पदको निर्वाचनमा दुई चुनौति देखिएको छ । मधेसवादी नेता लोसपा अध्यक्ष महन्थ ठाकुर प्रतिको झुकाव र क्षेत्रमा कमजोर अवस्थाले उनलाई मतदाताले खासै नरुचाउने अवस्था देखिएकाे छ ।




