धनुषा - नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ३ जनाले धनुषाको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन।
पार्टीको निर्वाचन तालिका बमोजिम बिहिबार जनकपुरधाम स्थित कांग्रेस पार्टि कार्यालयमा देउवा पक्षबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दिएका छन् । देउवा पक्षबाट वर्तमान जिल्ला उपसभापति समेत रहेका संतोष यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर समेत रहेका योगेन्द्र पजियार र पूर्व संविधान सभा सदस्य समेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् । पजियार विमलेन्द्र निधि पक्षधर हुन । प्रसैला शेखर कोइराला पक्षधर हुन् ।
देउवा पक्षका उम्मेदवारका यादवलाई पार्टीका प्रभावशाली नेता तथा सहमहासचिव महेन्द्र यादव, पूर्व सांसद आनन्द ढुंगाना, सांसद स्मृति नारायण चौधरी र पार्टीको मधेस प्रदेश अध्यक्ष कृष्ण यादव सक्रिय छन् ।
उपसभापतिमा ६ जना भिड्दै जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा, सुरेन्द्र प्रसाद चौधरी, गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएका छन ।
सचिवमा ९ जनाको उम्मेदवारी, शिवशंकर बलियो कांग्रेसको धनुषा सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । सचिवका लागि नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर, धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत(साधु), दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।
सहसचिवमा ६ जना कांग्रेस धनुषाको सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिएका छन् । सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र साकिर राइन लगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।