ढल्केबर- एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा पहिलोपटक डिसी चार्जर राखेको छ । कमल होटलमा राखिएकोे उक्त चार्जर ३० किलोवाट क्षमताको हो ।
नेपाली बजारमा सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कार एमजीको यसअघि कतैपनि डिसी चार्जर नराखेको भन्दै आलोचना भैरहेको थियो । राजमार्गमा डिसी चार्जर राखेपछि अब ग्राहकलाई कम समयमै गाडीको चार्ज गर्न सजिलो हुने विश्वास लिइएको छ ।
कम्पनीले केही समयअघि बिर्तामोड, बिराटनगर, चीतवन, ढल्केबर, बर्दिबास, पोखरा, मुलकोट, बुटवल र बिरगंजमा गरी कुल १३ स्थानमा चार्जिङ स्टेशन बिस्तार गरेको बताएको थियो ।
यी सबै स्टेशनमा उसले ७ किलोवाट क्षमताको एसी चार्जर राखेको थियो । जसलाई लिएर इभी प्रयोगकर्ताहरुले सामाजिक संजालमा ब्यापक आलोचना समेत गरेका थिए ।