जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रदेश २ संसदीय दलको पहिलो बैठक आज आइतबार बस्दै छ ।
जनकपुरधाममा दिउँसो २ बजे बस्ने लोसपा संसदीय दलको बैठकले दलका नेता चयन गर्ने तयारी छ ।
दलको नेता चयन गर्न लोसपाका बरिष्ठ नेता राजेन्द्र महतो केहिदिनदेखि जनकपुर मै छन् भने केन्द्रिय अध्यक्ष महन्थ ठाकुर पनि शनिवार जनकपुरधाम आएका छन् भने
अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको विशेष उपस्थितीमा पहिलो संसदीय दलको बैठक हुने भएको छ । आज हुने बैठकमा दलको नेता चयन, प्रदेश सरकारबाट सर्मथन फिर्ता लिने वा नलिने र समसमायिक विषयमा छलफल हुने नेता परमेश्वर साहले जनाए।
जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भएर गठन भएको लोसपाको प्रदेश २ मा १६ सांसद छन् । प्रदेशसभा सचिवालयमा तेश्रो दलको हैसियतामा लोसपा रहेको छ ।
संसदीय दलको नेतृत्वको लागि जीतेन्द्र सोनल, सरिता साह र उपेन्द्र महतोले दाबि गर्दै आ आफ्नो किसिमले भिडि रहेका छन् ।
दलका नेताको आकांक्षी बढेको र उनीहरू लोकतान्त्रिक प्रक्रियाबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठाएपछि संसदीय दलको विधान समेत तयार गरिएको छ । सहमति नजुटे विधानअनुसार चुनावबाटै दलका नेता चयन हुने ती दलका प्रदेश सांसदहरुले बताएका छन् ।