जनकपुरधाम – नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् ।
संस्थापन पक्षबाट यादव दोस्रोपटक सभापतिमा निर्वाचित घोषित भएका हुन् । उनले १४ सय २६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सञ्जिवकुमार लामाले जनाए । लामाका अनुसार प्रतिस्पर्धी संस्थापनइतरका रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत लामाले सोमबार राति साढे ९ बजे भएको मतदानमा कुल करिब २७ सय मतदातामध्ये २४ सय ७३ मत खसेको बताए ।
यता सुरक्षाकर्मी र निर्वाचन अधिकृतको मिलोमतोमा धाँधली गरेको आरोप लगाउँदै चौधरी पक्षले मतदान र मतगणना बहिष्कार गरेको छ।


