महोत्तरी - महोत्तरीमा ट्रक र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
बुधवार दिउँसो गौशाला सम्सी सडकखण्ड अन्तर्गत कठुधारमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक गौशाला नगरपालिका २ का ४० वर्षीय रामपुनित ठाकुरको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
गौशालाबाट सम्सीतर्फ जाँदै गरेको प्र.२–०२–००३ प.५१५९ नं. को मोटरसाईकल र विपरित दिशातर्फबाट आउँदै गरेको ना. ५ ख ७७२७ नं. को ट्रक एकआपसमा ठोक्किदा ठाकुर घाईते भएका थिए । उनको तत्काल उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएकोमा त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि सोहि अस्पतालमा राखिएको बताइएको छ ।
दुर्घटनामा सोही मोटरसाईकलमा पछाडी सवार निजकै श्रीमती ३८ वर्षिया उर्मिला ठाकुर घाईते भएकी छिन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
ठक्कर दिने मोटरसाईकल, ट्रक र चालक ईलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा राखि प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी विष्टले बताए ।