महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरीको कञ्चनवनमा पुगेर होली खेलेका छन्। मिथिलाको महाकुम्भको रुपमा मानिने १५ दिने माध्यमिकी परिक्रमा बिहिवार कञ्चनवन पुगेको हो।
कञ्चनवनमा भगवान राम र माता सीताले त्रेतायुगमा रंग अबिर दलेर होली खेलेको सम्झनामा यहाँ परिक्रमा यात्रीहरु होली खेलेका छन्।



धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट सुरु भएको परिक्रमा सातौं दिन महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चनवन आइपुगेको हो।
परिक्रमा यात्री भंगहा नगरपालिकामा आउने भएपछि नगरपालिकाले तिनीहरुको स्वागतमा बुधवार नै विदा दिने घोषणा गरेको थियो। भंगहा नगरपालिकामा बिहिवार सार्वजनिक बिदा दिइएको हो।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू भएको परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ।
https://www.facebook.com/shirishonline1/videos/508992803904896
https://www.facebook.com/shirishonline1/videos/556623635401863
https://www.facebook.com/shirishonline1/videos/5261829597202371




