जनकपुरधाम । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर मधेस प्रदेशको मुकाम जनकपुरधाम आएका छन् ।
शनिबार सत्तारुढ गठबन्धनले जनकपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा जनकपुर आएका हुन् ।
देउवासंगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि जनकपुर आएका छन् ।