धारापानी, धनुषा
धनुषाको धारापानीमा आइतबार सम्पन्न ‘दोस्रो अन्तर नगरपालिका मेयर कप–२०७८’ फुटबल प्रतियोगिताको उपाधी क्षीरेश्वरनाथ नगरपालिका फुटबल टीमले जित्न सफल भएको छ ।
धनुषाको धारापानी जारी ‘दोस्रो अन्तर नगरपालिका मेयर कप–२०७८’ फुटबल प्रतियोगिताअन्तर्ग बुधबार भएको खेलमा आयोजक बि टीम विजयी भएको छ । प्रतियोगिताको फाइनल खेलमा सबैला नगरपालिका फुटबल टीमलाई १–० गोल अन्तरले हराउँदै क्षीनपाले उपाधि जित्न सफल भएको हो ।



विजयी टीम क्षीनपाका जर्सी नम्बर २१ का खेलाडी मुकेश मण्डलले गोल गर्न सफल भएका थिए । उनले खेलको दोस्रो हाफको २२ औं मिनेटमा गरेको एक गोल नै उपाधि जित्न सफल बनायो ।
विजयी भएसँगै क्षीनपा फुटबल टीमले ४० हजार रुपियाँ नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी टिमलाई क्षीनपालाई धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले सो पुरस्कार प्रदान प्रदान गरेका थिए ।
यसैगरी दोस्रो हुने सबैला नगरपालिका फुटबल टीमले नगद २५ हजार रुपियाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो हुने टिमलाई एन्फा अडिट एण्ड कम्प्लानका संयोजक दिपक खातीले प्रदान गरेका थिए ।
यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डरलगायतका विद्यामा ट्रफी प्रदान गरिएको थियो ।
धनुषाधाम नगरपालिकाको आयोजना तथा यज्ञभूमि युवा समाज धारापानीको संयोजकत्वमा धारापानीस्थित खेल मैदान फागुन २१ गतेबाट सुरु भएको ‘दोस्रो अन्तर नगरपालिका मेयर कप–२०७८’ फुटबल प्रतियोगितामा आयोजकसहित धनुषाको नौवटा फुटबल टिमले भाग लिएका थिए ।








