जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न आज जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसंग संक्षि कुराकानी गर्दै मन्त्रिपरिषदमा परिवर्तन हुने सम्भावना रहेको जानकारी दिए।
उनले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चाही चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको चाहिँ छैन, सम्भावनाचाहिँ छ।´ उनले केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेकाे र केही नयाँ आउने सम्भावना समेत भएको बताए ।
उनले मन्त्रालय हेरफेर सम्बन्धमा प्रधानमन्त्री देउवालाई गठबन्धनका लागि सबैभन्दा ठूलो त्याग माओवादीले गरेको भन्ने कुरा आफूले राखेको बताए।
अध्यक्ष प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने जानकारी समेत दिए।
उनले लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको हुँदा लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित रहेकोले विधेयक पारित गराउन आवश्यक रहेकोले पारित गरिने बताए ।




