सर्लाही – भारत बलिउडका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आउने भएका छन्। मलंगवामा १२ चैतमा हुने गोपाल सेवा समितिको ९ औं राष्ट्रिय महाधिवेशन पारेर उनी आउन लागेका आयोजकले जानकारी दिएको छ।
मलंगवा नगरपालिका वडा न २ स्थित कभर्ड हलमा हुन लागेको महाधिवेशनमा उनलाई प्रमुख अतिथि बनाएर ल्याउन लागिएको समितिका राष्ट्रिय अध्यक्ष कौशल यादवले जानकारी दिएका हुन्।



कौशल यादवले महाधिवेशनमा सहभागी हुन सबैलाई अनुरोध पनि गरेका छन्। जिल्लामै पहिलोपटक भारतीय फिल्म कुनै स्टार पहिलो पटक आउन लागेका उनले बताए।
राजपाल मलंगवामा आउने भएपछि उनलाई प्रत्यक्ष रूपमा हेर्न जिल्लाबासी उत्साहित भएका कौशल यादवले बताए।




