औरही । कैलालीको घोडाघोडी नगरपालिकामा बाघले आक्रमण गर्दा एक महिला घाइते भएकी छन्। वडा नम्बर ८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन्।
उनको मुख, हात र टाउकोमा चोट चालेको प्रहरीले जनाएको छ। सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।
इलाका प्रहरी कार्यालय सुखडका डीएसपी लक्ष्मण बहादुर शाहीले बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको बताए।
बोहराले प्रतिकार गर्दा आक्रमण गर्ने बाघसमेत घाइते भएको प्रहरीले जनाएको छ। घाइते बाघको उद्धारको लागी बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरिसकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।




