
जनकपुरधाम - रा.रा.ब. क्याम्पसमा हुन गइरहेको स्ववियु निर्वाचनलाई लिएर राष्ट्रिय मुक्ति पार्टी निकट राष्ट्रिय विद्यार्थी मञ्च ले एक्लै भिड्ने निर्णय गरेको छ। शनिबार मञ्चले आफ्ना उम्मेदवारहरूको नाम र पद औपचारिक रूपमा सार्वजनिक गर्दै आगामी नेतृत्वका लागि नयाँ र ऊर्जावान अनुहारहरू प्रस्तुत गरेको छ।
अध्यक्ष पदका लागि आरती कुमारी झा उम्मेदवार बनेकी छन् भने सचिब पदमा तनविर रेजा राइनले उम्मेदवारी दिएका छन्। कोषाध्यक्षको जिम्मेवारी सम्हाल्ने दौडमा आशिका कुमारी कापर छानिएकी छन्। प्रत्यक्ष सदस्यतर्फ गुरिया कुमारी महरा, सुधीर यादव, लत्ता झा जस्ता अनुहार अगाडि आएका छन्। समानुपातिक प्रतिनिधित्वतर्फ मो. रियाज राइन, सुमन झा, अञ्जली शर्मा, नुसरत खातुन, अमृता कुमारी सदा गरी ११ जना उम्मेदवारको नाम सार्वजनिक गरिएका छन्।
राष्ट्रिय विद्यार्थी मञ्चले केवल चुनाव जित्ने मात्र होइन, शैक्षिक सुधार, विद्यार्थी सुविधामा वृद्धि र रचनात्मक परिवर्तनका एजेन्डाहरू अघि सारेको छ। मञ्चले चुनाव जितेपछि रुम रेन्टमा २५% छुट को व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेको छ। त्यस्तै, कलेज होस्टेल पुन: सञ्चालन गर्ने र टाढाबाट आउने विद्यार्थीहरूको आवासीय समस्या समाधान गर्ने योजना अघि सारेको छ। यातायातमा विद्यार्थीलाई ५०% छुट दिने व्यवस्था गर्न मञ्चले आवश्यक पहल गर्ने घोषणा गरेको छ।
इकाई कमिटीका सचिव तनविर रेजा राइनले भने, “रा.रा.ब. क्याम्पसमा हामीले एउटा उज्ज्वल भविष्य देखेका छौं। हाम्रो नेतृत्वले विद्यार्थीका समस्या समाधान गर्दै शैक्षिक र व्यक्तिगत विकासलाई प्राथमिकता दिनेछ।”
यस निर्वाचनमा विद्यार्थीहरूका चाहना, सपना र आवश्यकता पूरा गर्ने तर्फ राष्ट्रिय विद्यार्थी मञ्चको उत्साहजनक भूमिका रहने देखिन्छ। अब हेर्न बाँकी छ — नयाँ अनुहार र नवीन योजनाहरू लिएर मैदानमा उत्रिएको यो टिमले क्याम्पसमा कस्तो परिवर्तन ल्याउनेछ।समानुपातिक प्रतिनिधित्वतर्फ इकाई कमिटीका सदस्य सुमन झा,को भनाइ छ