जनकपुरधाम- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशको सवै स्थानिय तहमा पार्टीबाट उम्मेदवारी दिने तयारी भईरहेको बताएका छन् ।
सिन्धुली र उदयपुरमा राप्रपाको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष लिङ्गदेनले स्थानिय तहको निर्वाचनमा आवश्यक्ता अनुसार कुनै राजनितिक दलसंग गठबन्धन पनि हुन सक्ने बताए ।



अघिल्लो स्थानिय तहको चुनावमा ७ सय ५३ मध्ये मुस्किलले ४० प्रतिशत स्थानिय तहमा उम्मेदवारी दिँदा मात्र पाँच स्थानिय तह जितेको बताउदै अध्यक्ष लिङ्गदेनले जितेका पालिकाहरुमा राम्रो काम गरेकाले अव धेरै पालिका जित्ने दावी गरे ।
उनले कृषि अनुदानले कार्यकर्ता पाल्ने, शिक्षा र स्वास्थ्यमा कुनै पनि चासो नदिने परिपाटीले देश बर्बाद भएको बताए । उनीसंगै पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, ज्ञानेन्द्र शाही सहितका नेताहरु पनि चुनावी कार्यक्रममा आएका हुन् ।




