महोत्तरी - महोत्तरीको औरही नगरपालिकामा २७८ भुमिहिन घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। शुक्रवार औरही नगरपालिका वडा ६ मा एक कार्यक्रमको आयोजना गरि स्थानिय २७८ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
नापी कार्यालय महोत्तरी जलेश्वरको २ नं. टोलीले साविकको खोपी गाविस वडा नं. २, ३, ४ र ५ नं.को वासीलाई गाउ ब्लक लालपुर्जा वितरण गरिएको औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले बताए ।
गाँउ व्लक लालपूर्जा वितरण कार्यक्रम अन्र्तगत उनीहरुलाई लालपुर्जा वितरण गरिएको नापी अधिकृत राकेश कुमार झाले जानकारी दिए । वर्षौ देखि सुकुम्बासी जिवन यापन गर्दै आएकाहरुले जग्गाधनीपूर्जा पाए पछि अव बल्ला जग्गाको मालिक भएको खुशी व्यक्त गरेका छन् ।
उनीहरु अब सरकारीस्तरको हरेक सेवा सुविधा प्राप्त गर्न सक्ने भएको नापी अधिकृत झाले बताए ।हालसम्म जिल्लाका विभिन्न स्थानमा गरि ५ हजार १ सय जनालाई लालपूर्जा वितरण गरिएको अधिकृत झाले जानकारी दिए ।