काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त हुनुभएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त हुनुभएको हो ।
राति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो मतले खानले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । विश्वासको मत पाउन नसकेपछि खानले प्रधानमन्त्री खानले प्रधानमन्त्री बस्ने भवन छोडेको बिबिसीले जनाएको छ ।
खान विरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानी तल्लो सदन पीएमएल एनका अध्यक्षता गरेका आयाज सादिकले आजको दिन पाकिस्तानी इतिहासको महत्त्वपूर्ण दिन भएको प्रतिक्रिया दिनुभएको छ । यो एकताले पाकिस्तान संविधान संरक्षण गर्न सफल भएको पनि उहाँले बत्ताउनुभयो ।
यसैबीच, प्रधानमन्त्री खानले चीन र रुससँग सम्बन्ध विस्तार गरेको कारण अमेरिका आफू विरुद्ध लागि पदमुक्त गराएको आरोप लगाउनुभएको छ । नयाँ प्रधानमन्त्रीलाई आफूले स्वीकार नगर्ने खानले बताउनुभएको छ । प्रधानमन्त्री खानले आफ्ना समर्थकहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न आह्वान गर्नु भएको छ ।