बर्दिवास- महोत्तरीको बर्दिवासबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन। पक्राउ पर्नेमा बर्दिवास नगरपालिका २ बस्ने २० बर्षिय बिशाल मगर रहेका छन्।
पुर्व पश्चिम लोकमार्ग अन्र्तगत बर्दिवास नगरपालिका ५ माईस्थान चोकमा स्थाई प्रहरी चौकी माईथानबाट खटेको प्रहरीको गस्ति टोलीले पैदल यात्री मगरलाई चेकजाच गर्ने क्रममा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।



प्रहरीले उनको साथबाट नाईट्रोजिपाम १० लेखिएको टयाबलेट १५ पिस , डाईजिपाम ईन्जेक्सन १ पि २ एम,एल लेखिएको४ एम्पुल, प्रोमेथाजेन हयाड्रोक्लोराईड ईन्जेक्सन १पि फेनाग्राम २ एम,एल लेखिएको ४ एम्पुल र बुप्रिनो रिफिन ४ एम्पुल सहित पक्राउ गरेको हो। पक्राउ परेका मगरलाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थपगरी अनुसन्धान भईरहेको बताईएको छ।




