गौशाला – कान्तिबजारका पेट्रोलियम व्यवसायि ललित कुमार सिंहले वडा अध्यक्ष पदमा स्वतन्त्र मनोनयन दर्ता गराएका छन् । गौशाला नगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदमा व्यवसायि सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो ।




समर्थहरुको मोटर साइकल ¥याली सहित गौशाला पुगेका युवा व्यवसायि सिंहले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो।
स्वतन्त्र उम्मेदवार सिंहको क्रम संख्या ०१ रहेको छ । गौशाला नगरपालिकाको वडा नं.१२ मा माओवादी केन्द्रका नेतृत्व प्रति असन्तुष्टि जनाउदै नेता कार्यकर्ताले बिद्रोह गर्दै सिंहलाई स्वतन्त्र उम्मेदवार बनाएको हो । उम्मेदवारी दर्ता गर्न कान्तिबजारबाट सुरु भएको मोटर साइकल ¥यालीमा माओवादी वडा र नगर कमिट सदस्य समेत सहभागि भएका छन ।

उम्मेदवारी दर्ता ¥यालीमा स्वतन्त्र उम्मेदवार सिंहको समर्थनमा नेपाली काग्रेस र मधेसवादी दलका नेता कार्यकर्ताहरु समेत सहभागि भएका थिए । नेकपा माओवादी केन्द्रमा आबद्ध रहेको व्यवसायि सिंहलाई पार्टीले टिकट नदिएपछि माओवादी केन्द्रबाट बिद्रोह गरी शनिबार उम्मेदवारी घोषणा गरेका थिए ।
माओवादीको अधारशिला मानिएको कान्तिबार आसपासका कार्यकर्ताहरुले नेतृत्व प्रति असन्तुष्टि जनाएर पार्टीबाट बिद्रोह गरेका छन । सिंहलाई माओवादी केन्द्रका नगर कमिटि सदस्य र वडा कमिटि सदस्यहरुले समेत समर्थन गरेको छ ।




