जनकपुरधाम- नेपाली काँग्रेसले क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदमा योगेन्द्र पजियार(जोगी) र मिथिला नगरपालिका मेयर महेन्द्र महतोको नाम टुंगो लगाएको छ ।
काँग्रेस मधेस प्रदेश समितिको बैठकले स्थानीय तहको निर्वाचनमा क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदमा योगेन्द्र पजियार(जोगी) र मिथिला नगरपालिका मेयर महेन्द्र महतोलाई उम्मेदवार बनाउने निणर्य गरेको हो ।



काँग्रेसले धेरै रसाकस्सी पश्चात् आइतबार मध्यराती उम्मेदवारको टुंगो लगाएको हो ।




