ढल्केवर- धनुषाको मिथिला नगरपालिकामा कौशिल्याकुमारी महतो मेयर पदमा उम्मेदवारी दिने एक्लो महिला बनेकी छिन् ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत सोमबार ढल्केवर स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्रबाट मेयरका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।



निर्वाचन अधिकृत दिपक धितालका अनुसार मेयर पदमा उम्मेदवारी दिने कौशिल्या एक्लो महिला रहेको बताए । विभिन्न राजनीतिक दलबाट ११ जना र स्वतन्त्रबाट गरी जम्मा २४ जनाले मेयर पदका उम्मेदवारमध्ये एकजना मात्र महिला रहेको अधिकृत धितालले जानकारी दिए ।
स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएकी कौशिल्याले विभन्न राजनीतिक दलबाट मेयरको टिकट पाउने आश्वासन पाएको भएपनि अन्तिम समयमा आएर टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको बताइन। उनलले मेरो उम्मेदवारी महिला सशक्तीकरण नै मेरो प्रमुख मुद्दा भएको बताइन् ।
महिला हिंसा, सामाजिक विभेद र महिलालाई आर्थिक रूपमा सक्षम एवं प्रविधिमैत्री बनाउन आफू प्रतिबद्ध रहेको कौशिल्याले भनिन् ।
संविधानमै उल्लेख गरिएको समान अधिकार व्यवहारिक रूपमा कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै उनले यसको पूर्ण कार्यान्वयनका लागि जोड दिइने प्रतिबद्धता जनाइन् ।




