महोत्तरी(औरही) – आउदो बैशाख ३० गते हुने भएको निर्वाचनका लागि नेपालका प्रमुख राजनीतिक दल देखि सानो दल सम्मका पार्टीहरु यति खेर प्रचारप्रसारमा देखिन्छ। तर यता महोत्तरीमा प्रचारप्रसार गर्न गएका गाडी चालक र बजाउने बाजा समेत स्थानीयहरुले तोडफोड गरेका छन्।
महोत्तरीमा नेपाली कांग्रेसको प्रचारप्रसार गर्न गएकालाई कुटपिट र बजाउने बाजा समेत तोडफोड भएको छ। औरही नगरपालिका–२ फुलवरिया स्थित गाउको बिच सडकमा ट्राक्टरमा बाजा राखेर घर भित्र पुजा गर्दै बाहिर बाजा बजाएर राखेको ट्राक्टरमा नेपाली कांग्रेशको प्रचारप्रसारमा गएको रथ गाडीले उक्त ट्राक्टरमा राखेको बाजामा ठोक्किदा टुटफुट भएको भन्दै स्थानीयहरुले रथ चालक उमेश कुमार यादवलाई शुक्रवार बेलुका कुटपिट गर्नुका साथ बजाउने बाजा समेत तोडफोड गरेका छन् ।



यस भन्दा अगाडी मोटरसाईकलमा बाजा राखेर प्रचारप्रसार गर्न गएकालाई समेत गालि बेइज्जती गरेका थिए।
औरही नगरपालिकाका मेयर पदका उम्मेदवार सुनिल यादवले नियतवस अन्य पार्टीका विपक्षीहरुले आफूहरुलाई डिस्टर्व गर्न खोज्दै झैझगडा गरेर चुनाव प्रसारलाई अवरुद्ध गर्न खोजेको आरोप लगाए ।
उनले यद्यपी काँग्रेस पार्टीले यस्तो उक्साहटमा लागेर गल्ती नगर्ने कानुनी प्रकृयाबाट समस्या समाधानको बाटो खोज्ने बताए ।




