धनुषा- नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले धनुषाको क्षीरेश्वरनाथ र मिथिला नगरपालिकामा यसपाली सबै तहमा काँग्रेसले चुनाव जित्ने दावी गरे ।
छुट्टाछुट्टै मितिमा क्षीरेश्वरनाथ र मिथिला नगरपालिकामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री यादवले क्षीरेश्वरनाथ र मिथिला नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्यसम्म काँग्रेसका उम्मेदवारले जित्ने दावी गरे ।



गत चुनावहरुमा नेपाली काँग्रेसका कार्यकर्ताहरु आफैमा एकमत नहुँदा चुनावमा पराजय व्यहोर्दै आएको स्मरण गर्दै सहमहामन्त्री यादवले भने विपक्षी पार्टीहरु नै तिररबितर रहेको र कांग्रेसका कार्यकता एकजुट भएर चुनावमा होमिएकाले काँग्रेसको जित सुनिश्चित रहेको दावी गरे ।
भेलालाई सम्बोधन गर्दै उनले विपक्षी पार्टी एमलेबाट मेयरको उम्मेदवार बनेका र मिथिलामा राजाराम महताेलाई इङ्गित गर्दै भने, राजाराम एउटा जग्गा व्यापारी हो । जग्गा व्यापारमा घाटा लागेपछि घाटा पुर्ति गर्न मेयर बन्न तरखर गरेका हुन् । जोसँग विकासको भिजन छैन, राजनीतिक भिजन छैन त्यो मान्छे मेयरमा जितेर के गर्छ भन्दै प्रश्न गरे ।
त्यसैगरि नेता यादवले क्षीरेश्वरनाथमा एमालेबाट सुखदेव यादवले गत चुनावमा जसपाबाट र यस पटक एमालेबाट चुनाव लड्न लागेकाे र त्यस अघि उनि काँग्रेसमा थिए । यस्तो नेता जसले आफ्नो व्यक्तिगत स्वार्थको लागि मात्र पार्टी फेर्दै हिड्नेलाई जनताले विश्वास गर्ने अवस्था नरहेकोले क्षीरेश्वरनाथमा मेयर योगेन्द्र पजियार सहित टिम नै विजयी हुने बताए ।
सम्बोधनकै क्रममा सहमहामन्त्री यादवले वृद्धभत्ता पाउने उमेर सरकारले घटाउन लागेको जानकारी दिए । उनले हाल ७० वर्षमा पाउँदै आएको वृद्धभत्ता अबको सरकार ६५ वर्षबाटै दिने तयारी गरिरहेको भने । उनले नागरिकता समस्या पनि छिटै समाधान हुँदै बताउँदै एमालेकै कारण नागरिकता पाउने प्रक्रिया रोकिएको जानकारी दिए ।




