जनकपुर- पुल निर्माणमा ढिलाइ गरेको भन्दै जनकपुर–ढल्केवर सडकखण्डको सपहीमा स्थानीयले चक्काजाम गरेका छन्।
दुई वर्षअघि नै सक्नुपर्ने पुल निर्माणको काम अझै नसकिँदा कहिले धुवाँ धुलो र कहिले हिलोले आजित स्थानीयहरुले शनिबार बिहान ९ बजेदेखि सपहीमा सडक अवरुद्ध गरेका हुन्। पुल निर्माण नहुँदा यहाँ पटकपटक सवारी दुर्घटनासमेत हुने गरेको छ।



यथाशीघ्र पुल निर्माणले पूर्णता पाउनुपर्ने माग गर्दै दिउँसो १२ बजेसम्म चक्काजाम गरेको स्थानीय पप्पुकुमार साहले बताए। सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको छ। शनिबार बिदाका दिन जनकपुरधाम घुम्न आउने पर्यटकलाई झनै सास्ती भएको छ।




