बिबेक कुमार महतो, गौशाला । महोत्तरीको सोनमामा पोखरीमा डुवेर ६ वर्षिय बालकको मृत्यु भएको छ । सोनमा गाँउपालिका वडा नम्बर ३ रघुनाथपुर बस्ने जोगिन्द्र यादवको छोरा वर्ष ६ को सुजित कुमार यादवको डुवेर मृत्यु भएको हो ।
आफ्नो घर देखि ५०० मिटर पश्चिममा रहेको पोखरीको डिलबाट लडेर पोखरीमा डुबिरहेको अवस्थामा स्थानियले तत्काल उद्दार गरी स्थानिय आरति अस्पताल रघुनाथपुरमा लगेने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



मृत्यु पश्चात स्थानियहरुले शव पुन: पोखरीको डिलमा ल्याई राखेको भन्ने खबर प्राप्त हुना साथ तत्काल प्रहरी चौकी रघुनाथपुर र ईलाका प्रहरी कार्यालय गौशालाबाट मुचुल्का सहितको प्रहरी टोलि खटिई गई प्रारम्भिक मुचुल्का पश्चात शव पोष्ट मार्टमको लागी प्रादेशिक अस्पताल जलेश्वरमा पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रंजन मिश्रले जनकारी दिए ।




