जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको छ।
अनुशासन समितिको आजको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको महोत्तरी कांग्रेसले जनाएको छ ।
काँग्रेस महोत्तरी जिल्ला सभापति नागेश्वर यादवले पार्टीले टिकट नदिएको भन्दै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका ३२ जनालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निष्कासन गरिएको जानकारी दिए ।
निष्कासनमा पर्नेहरूमा बर्दिबासबाट कांग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमाल विरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्री लगायत तारादेवी महतो, भोला खडका, युवराज पोखरेल, दिपबहादुर कार्की, राम सोगरथ यादव, बोधबहादुर कटवाल, विजयकुमार महतो, युवराज पोखरेल, विनोद ढुङ्गेल, अनिल महतो र अमृत सिंह गरी १२ जना रहेका छन्।
त्यसैगरी गौशाला नगरपालिकाका प्रमोदकुमार झा, पिपरा गाउँपालिकाका विजय यादव र प्रभास यादव, एकडारा गाउँपालिकाका मनोज कुमार झा, राम स्नेही मण्डल, शिवकुमारी यादव र गौरीशंकर मिश्र, महोत्तरी गाउँपालिकाका छेदी चौधरी, जिवछ यादव, सिलादेवि, जिबछ पण्डित, राम नरेश राय, कारी कापर, सोनाम गाउँपालिकाका सञ्जीव यादव, उपेन्द्र यादव, आसिना नदाफ, सन्तोषकुमार यादव, विनय यादव र रामवली यादव कारबाहीमा परेका छन् ।
उनीहरूलाई उम्मेदवारी फिर्ता लिन र प्रस्तावक नबन्न पार्टीबाट पटक–पटक अनुरोध गर्दा पनि अटेरी गरेकाले कारबाही गरिएको सभापति यादवले बताए ।




