
जनकपुरधाम- नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ धनुषाको अध्यक्षमा अखिल मढीलाई मनोनयन गरिएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान २०७९ बमोजिम मढीलाई संघको जिल्ला अध्यक्षमा मनोनयन गरिएको हो ।
बिहीबार नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मढीलाई संघको जिल्ला अध्यक्ष पदमा मनोनयन गरिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
प्रमाणपत्र हस्तान्तरण गर्दै नेता निधिले अध्यक्ष मढीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको अनुशासन र मर्यादामा रही संघलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउन सुझाव दिएका छन् ।
अध्यक्ष मढीले अबको केही दिनमै संघको कार्यसमिति विस्तार गरिने जानकारी दिए । उनले कार्यसमिति विस्तार गरेपश्चात् खेलकुद क्षेत्रको विकासका लागि सरकारसँग सहकार्य गर्ने बताए ।
उनले धनुषा जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि आफूले सदैव आवाज उठाउँदै युवालाई खेलकुदप्रति प्रोत्साहित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए ।
मढी नेपाल कराते महासंघ धनुषाको वरिष्ठ उपाध्यक्ष पनि हुन् ।