महोत्तरी- महोत्तरीमा बहुविवाह गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।
जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास–३ बस्ने भक्त बहादुर विश्वकर्मा र उनकी कान्छी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो ।
विश्वकर्माले घरमा श्रीमती हुँदाहुँदै ओखलढुंगाबाट कान्छी श्रीमतीको रूपमा मंगलीमाया विश्वकर्मालाई विवाह गरेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
उनीहरू जेठी श्रीमती सुनिता भएकै ठाउँमा एकसाथ बस्दै आएका थिए ।
दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप्दै थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।


