बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा १० मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले सञ्चालन गरेको घरदैलो कार्याक्रम सम्पन्न भएको छ ।
शनिबार गौशाला नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टीबाट वडाध्यक्ष पदका उम्मेदवार विष्णु कुमार महतो ९मुकेश० सहित वडा सदस्य निरबहादुर बस्नेत, योगेनद्र मण्डल, महिला सदस्य ललिता पूर्वाछाने, दलित महिला बुधनी देवी सादाले आफ्नो वडाको घर–घरमा पुगेर मत माग्दै घरदैैलो कार्याक्रम सम्पन्न गरेको हो ।



मत माग्न जाँदा उम्मेदवार महतोले भ्रष्टाचारमुक्त, गुणस्तरीय तथा प्राविधिक शिक्षा, शुलभ उपचार सेवा, कृषि क्षेत्रको सिंचाइ तथा समयमा मलखाधको व्यवस्था, युवालाई स्थानीय स्तरमै रोजगारसहित आफ्नो एजेन्डा रहेको बताए ।





