जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीबाट पालिका अध्यक्ष पदका उम्मेदवार अजय कुमार राउतले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
सिंचाइ मिटर निःशुल्क, सुकुम्बासीलाई १० धुर जग्गा सहित नमूना वस्ती निर्माण, प्रत्येक वडामा २ करोडको लागतमा घरेलु उधोग तथा रोजगार व्यवस्था, भ्रष्ट्राचारी प्रवृतीलाई पूर्ण रुपमा निश्तेज प्रथामिकतासहितका १८ बुँदे प्रतिबद्धता पत्र उनले मंगलबार सार्वजनिक गरेका हुन् ।



त्यस्तै खोला दोहन कार्य पूर्ण रुपमा बन्द गर्ने र पालिका भित्रको निर्माण कार्यका लागि निःशुल्क ,मालपोत शुल्कलाई न्यूनिकरण, दूई सन्तान सम्मका लागि प्रसुती खर्च निःशुल्क,ऑप पकेट क्षेत्रमा आँप संकलन केन्द्रसहितको एजेण्डा उनको प्रतिबद्धता पत्रमा समेटिएको छ । उनले आफ्नो पक्षमा जनलहर रहेकाले जित्ने सम्भावना प्रवल रहेको दावी गरे ।
यस्तो छ उनको प्रतिबद्धता-पत्र





