बुटवल। बुटवलको मिलनचोकमा भएको बम विष्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको छ ।
बुधबार साँझ बुटवलको मिलनचोकमा भएको बम विस्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीले बताए ।
प्रहरीले विष्फोट गराउनेको खोजि भइरहेको जनाएको छ । बम विष्फोट भएपछि स्थानीय वासिन्दा त्रसित भएका छन् ।
विष्फोटबाट बि११ रेष्टुरेन्टको झ्यालको सिसा चर्केको र पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई ओटा सटरमा प्वाल परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोत - रातोपटी
बुटवलमा बम विष्फोट
https://shirishnews.com/banner-news/18407.html/