गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार फेरी जनता समाजवादी पार्टी नेपालले अग्रता लिएको छ ।
१ हजार ३८९ मतगणना गर्दा जनता समाजवादी पार्टीका उम्मेद्वार डाक्टर दिपेन्द्र महतो ३३२ मत ल्याएर दौडमा उक्लिएको छ । उनलाई नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योञ्जनले २८७ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले २३८ मत ल्याएर पछ्याई रहेका छन् ।
यस्तै उपमेयर पदमा पनि जसपाकी रेणु कुमारी महतोले ३४१ मतकासाथ अग्रस्थानमा छिन् । लोसपाकी उपमेयर उम्मेद्वारले २७३ र माओवादीले २७२ मत पाएर पछ्याई रहेकी छिन् ।