बर्दिबास । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १ मा स्वतन्त्र जेब्रा छाप उम्मेदवार भोला खड्का विजयी भएका छन् । आठ सय चौरासी (८८४) मत प्राप्त गरी खड्का विजयी भएका हुन् ।
प्रतिद्वन्द्वी एमाले तर्फका बाबुकाजी चौलागाईको ४६३ मत रहेको र स्वतन्त्रमा निरज अघिकारिको ४३३ मत प्राप्त गरेका थिए भने माओवादी तर्फको हरी प्रसाद पौडेलको ३७१ मत ल्याईको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।







