मंजित मधेशी, सोनमा । महोतरीको सोनमा गाउँपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपालको प्यानलै विजयी भएको छ ।
वडाध्यक्षमा जसपाको अशोककुमार यादव ६३९ मत ल्याएर विजयी भएका हुन् । उनी जसपा नेपालबाट प्यानलसहित विजयी भएका हुन् । अशोक कुमार यादव दोस्रो पटक वडा नम्बर १ मा वडा अध्यक्षमा जितेका छन उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजा राम साहले ५५५ मत मात्र ल्याएका छन् ।
तेस्रोमा जनमत पार्टीका उपेन्द्र कुमार यादले ४२२ र चौथोमा लोसपा नेपालका सुशील कुमार यादवले २९६ मतमा सिमित भएका थिए ।




