
बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले विजयीको पहिलो खाता खोलेका छन् ।
शनिबार दिउँसोदेखि शुरु भएको मतगणना परिणामा अनुसार वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपालको प्यानल सहित वडाध्यक्ष विजयी भएका छन् ।
वडाध्यक्षमा जसपाको नविन साह ६४४ मत ल्याएर विजयी भएका हुन् । उनी जसपा नेपालबाट प्यानलसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भिम बहादुर राणले ५७१ मत ल्याएका छन् ।
तेस्रोमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामहरि थापाले ४८९ मत सिमित भएका थिए । त्यस्तै नेकपा एमालेका उम्मेदवारको ३७६, नेपाली काँग्रेसका दशरथ महतोले १८३, राप्रपाका सुवास श्रेष्ठले ७९ र स्वतन्त्रतर्फका राधेश्याम सापकोटाले ३६१ मत ल्याएको गौशाला नगरपालिकाका निर्वाचन अधिकृत मदन प्रसाद जयसवालले जानकारी दिए ।
यता गौशाला नगरपालिकाको जसपा नेपालबाट मेयर पदको उम्मेदवार डा. दिपेन्द्र महतोको अग्रता कायमै रहेको छ ।