जनकपुरधाम । जनकपुरका यूवा अभियन्ता सरोज मिश्रलाई धनुषा प्रहरीले आइतबार मध्यराति नियन्त्रणमा लिएको छ ।
दुई पक्षबीच झडप भएको र एक जनाको टाउको समेत फुटेको घटनामा संलग्न रहेको भन्दै मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले झडपमा मिश्र पनि सहभागी भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।
उनले भने, ‘झडपको कारण खुलेको छैन् । त्यही कुरा अनुसन्धानका लागि मिश्र र अर्को पक्षका पनि एक जनालाई लियन्त्रणमा लिएका छौं ।’




