गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ मा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले अग्रता कायम राखेको छ ।
कुल २ हजार ६ सय ६० मतको गणना हुँदा वडाध्यक्षमा जसपाले ८७९, नेकपा माओवादी केन्द्रले २१९, लोसपाले २३९, नेपाली काँग्रेसले ६०४ र जनमत पार्टीले ३ मत ल्याएका छन् ।



यस्तै, मेयरमा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले १२०३, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले १७५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले १८९, नेपाली काँग्रेसले ५६० र जनमत पार्टीले १० मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा जसपाकी पिंकी कुमारी साह ११५५, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले १९१ र लोसपाकी लाल कुमारी लामाले १९८, नेपाली काँग्रेसले ५७९ र जनमत पार्टीले १० मत ल्याएका छन् ।
मतगणना अहिलेपनि जारी रहेको छ ।




