औरही । महोत्तरीको औरही नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेस प्यानल सहित निर्वाचित भएका छन् ।
काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार राम आश्रेय यादव सहित सम्पूर्ण सदस्यहरु निर्वाचित भएका हुन् ।



यादव ८४३ मतान्तरले निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दीमा लोसपाका नवल किशोर चौधरी ५७६ मत मात्र ल्याउन सफल भए ।।




