एसिया कप क्रिकेट कप प्रतियोगितामा आइतबार वर्षाको कारण रोकिएको भारत र पाकिस्तान बीचको खेल आज सोमबार हुँदै छन् । हिजो जस्तो अवस्थामा खेल रोकिएको थियो, आज तयही बाट नै खेलले निरन्तरता पाउने छ । खेल श्रीलंकाको कोलोम्बोमा नेपाली समय अनुसार ३:१५ बजे सुचारु हुने छ ।
हिजो खेलमा पाकिस्तानले टस जितेर भारतलाई ब्याटिंगको निम्तो दिएको थियो । भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन बनाएको छ । अब आज २४.२ ओभरबाट खेल सुरु हुने छ । यद्यपि आज पनि खेल वर्षाले प्रभावित हुन सक्ने बताईएको छ । इएसपीएन क्रिकइन्फोका अनुसार आज पनि कोलम्बोमा वर्षा हुने सम्भावना छ। सोहि कारण खेल वर्षाले प्रभावित हुन सक्ने बताईएको हो । आज पुरा खेल हुन नसकेमा २० ओभरको खेल खेलाएर नतिजा निकाल्ने प्रयास भने हुने छ ।



समुह चरणमा भएको भारत र पाकिस्तानबीचको खेल पनि वर्षाले प्रभावित भएपछि अंक बाडेका थिए । समुह चरणको खेलमा भारतले टस जितेर पहिले ब्याटिंग गरेको थियो। भारत ४८.५ ओभरमा अल आउट हुदै २६६ बनाएको थियो । तर पाकिस्तानले जवाफी ब्याटिंग गर्ने बेलामा पानी परेपछि खेल रद्द भएर दुवै देशले अंक बाडेका थिए ।

समुह चरणमा यी दुवै देशले नेपाललाई पराजित गरेर सुपर फोर प्रवेश गरेका हुन् ।
एसिया कप प्रतियोगितामा ६ टिम सहभागी रहेकोमा नेपाल र अफगानिस्तान बाहिरिसकेको छ । नेपाल समुह ए मा रहेको थियो । नेपालको समुहमा भारत र पाकिस्तान रहेका थिए। समुह बिमा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका थिए। समुह बि बाट बंगलादेश र श्रीलंका दोस्रो चरण प्रवेश गरेको छ ।
सुपर फोर चरणमा पुगेका ४ टिम राउन्ड रोबिन फर्म्याट एक अर्कासँग खेल्ने छन् । सुपर फोर को शिर्ष स्थानमा रहने २ देशले फाइनल खेल्ने छन् । सोहि कारण यस प्रतियोगितामा भारत र पकिस्तानबीचको खेल तेस्रो पटक हुने सम्भावना पनि रहेको छ। हाल पाकिस्तान एक दिवसीय क्रिकेटमा विश्वको १ नम्बर बरियताको टिम हो भने भारत्तेस्रो बरियतामा रहेको टिम हो । फाइनल खेल भदौ ३१ हुने छ ।




