
काभ्रेको बनेपा नगरपालिका वडा नं. १२ जनागलमा ट्रकभित्रै बालिका बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् ।
भदौ २६ गते राती साँढे एक बजे १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ४ दिनपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरी खतिवडाका अनुसार बालिका बलात्कार गरेको अभियोगमा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको ट्रकको चालक झापाको हल्दीबारी गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सहचालक मोरङको उर्लाबारी नगरपालिका वडा नं. १ का १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरेको हो ।
उनीहरूले बालिकालाई बलात्कार गरेको स्वीकारेको प्रहरीले जानकारी दिएका छन् । उनीहरूलाई जबर्जस्ती करणी सम्बन्धि मुद्धामा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।