औरही । महोत्तरीको लोहरपट्टी नगरपालिकामा वडा नम्बर २ मा नेपाली काङ्ग्रेस विजयी भएको छ ।
नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवार राममिलन यादव १६४ मतान्तरले निर्वाचित भएका हुन् । उनले ५३५ मत ल्याएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राम एकवल दासले ३७१ मत पाएका छन् ।


