जनकपुरधााम- राप्रपाले केही नगर र गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा शुरुदेखि अग्रता र केहीमा दुई ठूला गठबन्धनलाई कडा टक्कर दिइरहेको छ।
राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका र झापाको हल्दिबारी गाउँपालिकामा अग्रता लिइरहेको छ भने सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा टक्कर दिइरहेको छ।
वडाध्यक्ष र वडा सदस्यको परिणाम आउने क्रम जारी छ।
राप्रपाले जितेका स्थानहरू
१. नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादव सहितको प्यानल निर्वाचित।
२. पाँचथरको फिदिम ४ मा राप्रपाका उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित।
३. धनुषा गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर २ मा राप्रपाका बेचु हमालको प्यानल विजयी।
४. शंखरापुर नगरपालिकाको वडा नम्बर ३ मा राप्रपाका सूर्य तामाङ विजयी।
५. धादिङको रुबिभ्याली वडा नम्बर ४ को अध्यक्षमा राप्रपाका प्रशान्त तामाङ र प्यानल विजयी।
६. धादिङको रुबिभ्याली वडा नम्बर ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी।
७. धादिङको खनियाबास वडा नम्बर ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी।
८. सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी।
९. सिद्धार्थनगर नपा कै वडा नम्बर ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी।
१०. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर १ मा श्यामकुमार आले र प्यानल विजयी।
११. लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्षमा तेजनारायण (हिरा) सहितको प्यानल विजयी।
१२. भद्रपुर नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल विजयी।
१३. झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर १ मा देवी थापा सहितको प्यानल विजयी।
१४. नेपालगन्ज उपमहानगरको वडा नम्बर २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल विजयी।
१५. सर्लाहीको कौडेना गा।पा। को वडा नम्बर ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल विजयी।
१६. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित।
१७. नवलपरासीको रामग्राम ३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित।
१८. नवलपरासीकै प्रतापपुर ३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित।
१९. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी।
२०. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित बिजय।
२१. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित।
२२. रुपन्देहीको रोहिणी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान) को प्यानल निर्वाचित।
२३. चितवनको माडी नगरपालिका वडा न १ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित।
२४. सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
२५. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित।
२६. डोटीको के।आई। सिंह गाऊँपालिका वडा नम्बर ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी।
२७. बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ मा गणेश बहादुर विष्ट प्यानल सहित विजयी।
२८. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी।
२९. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी।
३०. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल विजयी।
३१. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द सहित प्यानल विजयी।
३२. धादिङको खनियाबास वडा नम्बर २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी।
३३. रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी।
३४. सल्यानको कपुरकोट गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी।
३५. चाँगुनारायण नगरपालिका ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानल सहित विजयी।
३६. रुपन्देहीको देवदह नगरपालिकाको वडा नम्बर ११ मा राप्रपाबाट वडा अध्यक्ष दुधनाथ यादव र प्यानल विजयी। देवदहकै वडा नम्बर १२ मा चार वडा सदस्य निर्वाचित।
३७. बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल वडा अध्यक्षमा प्यानल सहित विजयी।
३८. शंखरापुर नगरपालिका वडा नम्बर ७ मा राप्रपाबाट वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित।
३९. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ५ मा हबिब मिया र सबै सदस्य निर्वाचित।
४०. सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट, वडा नम्बर ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत र सदस्यहरु निर्वाचित।
४१. नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित।
४२. काभ्रेको धुलिखेल नगरपालिका ७ को वडा अध्यक्षमा रोमी प्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित।
४३. झापाको बाह्रदशी गाउँपालिकाको वडा नम्बर ५ को वडा अध्यक्षमा राप्रपाका बिर बहादुर राजबंशी र प्यानल निर्वाचित।
४४. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा ज्योतिदीप हमाल र प्यानल विजयी।
४५. रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका तारानाथ यादव र सदस्यहरू प्रमोद चौधरी, विद्या धावल निर्वाचित।
४६. नेपालगञ्ज उपमहानगरको त्रिभुवन चोक क्षेत्र रहेको वडा नम्बर ८ को वडा अध्यक्षमा राप्रपाका रजनीश वाजपेयी (विवेक) लगायत प्यानल विजयी।
४७. झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका सन्तकुमार थापा र प्यानल विजयी।
मगतगणनाको परिणाम आउने क्रम जारी छ।


