महोत्तरी - महोत्तरीको मनरा शिसवा नगरपालिकामा मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
नगर प्रमुखमा कांग्रेसका मोहन पाण्डे ५ हजार ८८४ मत प्राप्त गरी विजयी भएका छन्।
उपमेयरमा कांग्रेसकी शकुन्तला देवी ५ हजार ७४५ मत प्राप्त गरी विजयी भइन्। मेयरमा विजयी पाण्डेका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र रायले ४ हजार ९२० मत पाए।
त्यस्तै, उपमेयरमा जसपाकी निर्मलाकुमारी देवी सिंहले ४ हजार ८४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मनरा शिसवाले जनाएको छ।




