गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा उम्मेदवार दिएका रामसोगारथ यादव विजयी भएका छन् । ६३७ मत प्राप्तगरी यादव विजयी भएका हुन् ।
यादवका निकटम प्रतिद्धन्द्धी नेकपा माओबादी केन्द्रकी उम्मेदवार चन्द्रप्रभा यादवले ६१५ मत ल्याएका थिए । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ६० मत ल्याएका हुन भने नेकपा एमालेका उम्मेदवारले २० मत ल्याएका हुन ।
सो वडामा ६० मत वदर भएका थिए । १८३३ मतदाता रहेको सो वडामा १४२४ मत खसेको थियो । यो सँगै गौशाला नगरपालिकाको १२ वडामध्ये ६ वटा वडाको मतगणना सम्पन्न भएको छ ।
मतपरिमाणअनुसार ३ वटा जनता समाजवादी पार्टी र ३ वटा वडामा नेपाली काँग्रेसका वडाअध्यक्षमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।