
धनुषा- जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आज बिहीबार निर्वाचन हुँदैछ । केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको बिहीबार मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
केन्द्रि निर्वाचन समितिका संयोजक मो. समि अखतर अलिका अनुसार बुधबार बेलुकी सवा ९ देखि १० बजेसम्म मनोनयन पत्रमाथि दाबी/विरोध दर्ता गर्ने, १० देखि साढे १० सम्म दाबी/विरोधउपर निणर्य, जेठ ३१ बिहीबार बिहान ८ देखि साढे ९ बजेसम्म मनोनयन पत्र फिर्ता लिने र ९ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख छ ।
जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भईसक्नु भएको छ।
अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो । तर निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा गरिसकेको छैन् । महाधिवेशनले २० जना पदाधिकारी सहित २ सय १ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ । सबै पदमा निर्वाचन प्रकृयाबाट नै चयन हुनुपर्ने नयाँ विधानमा व्यवस्था गरिएपछि सबै पदमा उम्मेदवारी परेको छ ।
एक जना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, रकम चेम्जोंग र लालबाबु राउतले उम्मेदवारी दिएका छन् । अध्यक्षको उत्तराधिकारी पदको रुपमा हेरिएको सहअध्यक्षका उम्मेदवार लालबाबु राउतको पक्षमा फुटेर गठन भएको जनता समाजवादी पार्टी(जसपा)की सहअध्यक्ष रेणु यादव पनि देखिनु भएको छ। पार्टी छाडेर गए पनि चुनावलाई उहाँले चासोका साथ लिनुभएको छ । महिला सहित ६ जना उपाध्यक्षका लागि १७ जना खुल्ला र ६ जना महिलाले उम्मेदवारी दिएका छन् ।
उपाध्यक्षतर्फ खुल्लामा मृगेन्द्र कुमार सिंह, हरिनारायाण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहम्मद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्र प्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेश नारायण झा, राजन केसी र सुमन कुमार चौधरीको उम्मेदवारी परेको छ ।
त्यस्तै उपाध्यक्ष महिलातर्फ रेखा यादव, शोभा देवी, लिलादेवी सिटौला, शोभा देवी , सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । २ जना महासचिवका लागि विजय कुमार यादव, बोमबहादुर दर्लामी मगर, रामकुमार शर्मा, मनिष सुमन र अशोक कुमार यादवले मनोनयन दर्ता गराउनुभएको छ।
त्यसैगरि उपमहासचिवमा खुलातर्फ ९ र महिलातर्फ ३ जनाले उम्मेदवारी दिएका छन् । खुलातर्फ उपमहासचिवमा सुरेन्द्र कुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर यादव, राजकुमार राई, योगेन्द्र राय यादव, शैलेन्द्र प्रसाद साह, सुरेश कुमार मण्डल, जयप्रकाश राई र जयराम यादवको उम्मेदवार परेको छ ।
महिलातर्फको उपमहासचिवमा सीताकुमारी यादव, विनिता कुमारी यादव र निर्मला यादवले उम्मेदवारी दिएकी छन् । त्यसैगरि खुला ७ सचिव पदका लागि ३४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सचिवमा खुलातर्फ शेख अब्दुल कलाम, प्रमोद साह, राजकुमार गुप्ता, रामबाबु कुमार यादव, धिरेन्द्र यादव, सरोज सिंह कुशवाहा, विकास कुमार तिवारी, प्रभुराम श्रेष्ठ, रामकुमार मण्डल, वीरेन्द्र प्रधान, लाक्पा शेर्पा, अशेश्वर यादव, अशोककुमार यादव, कमरुदिन राई, कृष्ण कुमार राई, देवबहादुर दुरा, भरत महतो, भीमबहादुर थापा, महाजन यादव, विन्देश्वर यादव, चन्देश्वर पासवान, विश्वनाथ राउत, संजयकुमार सिंह, विजय कुमार दनुवार, चन्देश्वर प्रसाद सिंह, पूणर्बहादुर बस्नेत, सिंहबहादुर लामा, रमेशचन्द्र प्रधानले उम्मेदवारी दिएका छन् ।
त्यसैगरि महिला सचिवमा दिना लामा, रसना यादव, उषाकुमारी यादव, तारा विश्वकर्मा, प्रमिला यादव र सुरिता कुमारी साहको उम्मेदवारी परेकोछ । एक जना कोषाध्यक्ष पदका लागि रेणु कुमारी यादव, सञ्जय कुमार यादव र बलराम महतोले उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य १ सय ८१ केन्द्रीय सदस्य पदका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सातवटै प्रदेशबाट कलस्टर अनुसार खुल्ला तर्फ ७५ जनाले उम्मेदवारी दिएका छन् ।
महिला तर्फ ३७ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यमा खुल्ला तर्फ ६० जना, दलित तर्फ १० जना पुरुष र ५ जना महिला, थारु तर्फ ४ जना र ३ जना महिला, खस आर्य तर्फ १० जना पुरुष र ५ जना महिलाको उम्मेदवारी परेको छ । मधेशी तर्फ खुल्लामा ४० जना पुरुष र १२ महिलाले उम्मेदवारी दिएकी छन् । आदिवासी जनजाति तर्फ ३१ जना पुरुष र ११ जना महिलाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मुसलमान पुरुष तर्फ ११ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरि अपांग,अल्पसं्रख्यक तर्फ २ जना पुरुष र १ जना महिलाले उम्मेदवारी दिएकी छन् । प्रवास तर्फ १ जनाको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको छ ।
पाार्टीको विधान र निर्देशिकालाई राम्ररी अध्ययन गरी उम्मेदवारी नदिएकाले कलस्टरगत उम्मेदवारीमा केही रद्द पनि भएकाले केही निर्विरोध भएको बताइएको छ ।