महोत्तरी– इलाका प्रशासन कार्यालय गौशाला नगरपालिकाको कामकाज प्रभावकारी तथा सर्वसुलभ ढंगले गर्नको संचालन गर्नको लागि माग गरिएको छ।
इलाका प्रशासन कार्यालयमा देखिएको बेथिति लाई मध्य नजर गर्दै नागेन्द्र ठाकुर सहितका युवाहरु मिलेर आज गौशाला नगरपालिकाको उप प्रमुख रेणु कुमारी महतो समक्ष कामकाज प्रभावकारी तथा सर्वसुलभ ढंगले संचालन गर्नको लागि माग गर्दै ज्ञापन पत्र बुझाएका छन्।



ज्ञापनपत्र बुझ्दै उपप्रमुख रेणु कुमारी महतोले इलाका प्रशासन कार्यालयबाट बिचौलियाहरु मार्फत गरिने कामकाज रोक्नुको साथै पालिका भित्रका जनतालाई समस्या आएको हुँदा समाधानको लागि सम्बन्धीत पक्षसंग छलफल गर्ने अघि बढ्ने बताए ।





