पर्सा । पर्साको कालीकामाई गाउँपालिकामा २१ वर्षकै एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टीका २१ वर्षीय वशिष्टकुमार कलवार गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअघि सर्लाहीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।




