बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले अग्रता कायम राखेको छ । गौशाला नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना सम्पन्न भएको छ ।
अहिले सम्म मेयरमा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले ४३३६, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले २२१५, नेपाली काँग्रेसका वसन्त कुमार गुरुङ्गले ३१०८, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले १७०८, जनमत पार्टीका विरेन्द्र महतोले ४३७, बहुजन एकता पार्टी नेपालका विनोद महरा चमारले २३४, राष्ट्रिय प्रजातन्त्र पार्टीका रंजित कुमार कनौजियाले १५६, स्वतन्त्र (लाल्टेन)का प्रमोद कुमार झाले ९०, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का रमेश कुमार यादवले ५४, नेपालका लागि नेपाली पार्टीका सुकन दासले १९, स्वतन्त्र (गुलाब)का शम्भु महतोले १६, सामाजिक एकता पार्टीका मनोज सदाले ३, स्वतन्त्र(बिलारो) गणेश मंडल धानुक ३, स्वतन्त्र (मुरा)का चन्देश्वर महतो कोहरीले २ र नेकपा एमालेका अजय कुमार कुशवाहाले ९३८ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा जसपाकी रेनु कुमारी ४१८३, नेपाली काँग्रेसकी सुसिला देवी २९३०, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले २३४१, लोसपाकी लाल कुमारी लामाले १७७४, एमालेकी राज कुमारी श्रेष्ट ८८५, जनमत पार्टीकी उर्मिला देबीले ४६३, बहुजन एकता पार्टी नेपालकी फुल कुमारी देवीले २२७, राष्ट्रिय प्रजातन्त्र पार्टीकी ज्ञान कुमारी ष्यकुरेलले १९३, स्वतन्त्र (पुत्ली)की कोसिला रामले १११
स्वतन्त्र (लाल्टेन)का राजेश कुमार महताले ७९, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)की संजीता कुमारी जर्घाले ६६, स्वतन्त्र(गुलाब)का राकेश कुमार सिंहले १८, नेपाल सद्भावना पार्टीका योग नारायण महतोले २ मत ल्याएका छन् ।
यस्तै वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालबाट वडा नम्बर १ मा नविन कुमार साहले ६५३ मत, वडा नम्बर २ मा श्याम सुन्दर मंडलले १०१० मत र वडा नम्बर ५ मा ओम प्रकाश गुप्ताले ७०१ मत प्राप्त गरि बिजय भएका छन् भने नेपाली काँग्रेसबाट वडा नम्बर ३ मा विरेन्द्र चौधरीले ४४५ मत, वडा नम्बर ४ मा राम नारायण महासेठले ९७७ मत, रामस्वार्थ यादवले ६३७ मत प्राप्त गरि बिजयी भएका हुन् ।




