औरही । महोत्तरीको औरही नगरपालिका वडा नं. ६ मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)प्यानल सहित विजयी भएको छ ।
वडाध्यक्षमा लोसपाका बिनोद चौधरी ७४८ मत ल्याएर विजयी भएका हुन् ।



उनी लोसपाबाट प्यानल सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका नरेश यादवले ६९७ मत मात्र ल्याउन सफल भएका थिए ।
चौधरी वडामा निर्वाचित भएसँगै औरही नगरपालिकामा लोसपा ४ वटा वडामा जीत हात पारेको छ ।
यस अघि लोसपाका वडा नम्बर १ मा योगी चौधरी,वडा २ मा दरेश यादव र वडा ७ मा जितेन्द्र यादव निर्वाचित भईसकेका छ्न ।




