बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ७ मा जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिएका मनोज चौधरी विजयी भएका छन् । ४७१ मत प्राप्तगरी गुप्ता विजयी भएका हुन् ।
चौधरीका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र(लाल्टेन)का अविनाश कुमार भगतले २ सय ५२ मत प्राप्त गरेको निर्वाचन कार्यालय गौशालाले जनाएको छ ।
वडाध्यक्षसहित जनता समाजवादी पार्टी नेपालबाट सदस्यहरुमा इमामउदीन शेषले ४६५, जितेन्द्र ठाकुर हजामले ४५३, महिला सदस्यमा गिर्जा कुमारीले ४८४, दलित महिला सदस्यमा खुइली देवी सदाले ४७४ मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत मदन प्रसाद जयसवालले बताए ।
यता, गौशाला नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा पनि जनता समाजवादी पार्टीका उम्मेदवारले आफ्नो अग्रतालाई कायमै राखेको छ ।




